Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक: मन्त्रिपरिषद्लाई आजै पूर्णता दिने तयारी


    बुधबार, असोज ६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  मन्त्रिपरिषद विस्तारको तयारीमा रहेका सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक आज पनि जारी रहेको छ । 

    प्रधानमन्त्री निवास बालुवाटारमा  केहीबेर अघिदेखि सुरु भएको बैठकमा सरकार विस्तारका विषयमा छलफल हुने बताइएको छ। 

    यसअघि हिजो साँझ भएको बैठकमा कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको थियो। यस्तै, मंगलबारको बैठकमा  आ–आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो ।

    बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, जनमोर्चाकी सांसद दुर्गा पौडललगायतको  उपस्थिति रहेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार