Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खड्कालाई परराष्ट्र मन्त्री बनाएपछि पौडेल आक्रोशित, खोजे सरकारमा भागबन्डा


    बुधबार, असोज ६ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । मन्त्रिपरिषद् विस्तारमा सभापति एवम् प्रधानमन्त्री शेरबाहदुर देउवासँग असन्तुष्ट बनेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मन्त्रिपरिषद्‌मा आफ्नो समूहले भागबारे प्रश्न उठाएको छ । 

    देउवाले सत्ता गठबन्धनमा मात्रै छलफल गरेर कांग्रेसका भागको परराष्ट्र मन्त्रालयमा नारायण खड्कालाई नियुक्त गरेपछि बुधबार दिउँसो महाराजगन्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा बसेको पौडेल समूहको बैठकले आफ्नो समूहको सहभागिताका विषयमा प्रश्न उठाएको हो ।

    ‘मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीसहित गृह, कानुन, स्वास्थ्य र परराष्ट्र मन्त्रालय कांग्रेसले लिइसक्यो । खास कांग्रेसले पाउने मन्त्रालयको संख्या कति हो ? त्यसमा हाम्रो समूहको भाग कति हो ? त्यही मुख्य प्रश्न हो,’ बैठकपछि केन्द्रीय सदस्य बलबहादुर केसीले भने ।

    प्रधानमन्त्री देउवाले आफ्नोतर्फका सांसदहरुलाई व्यक्तिगत रुपमा चयन गरेर समेत मन्त्री बनाउने र खेलबाड गर्ने कोसिस गरेको भन्दै पौडेल समूहले एकताबद्ध भएर सामूहिक रुपमा भाग लिने विषयमा जोड दिनेसमेत निर्णय गरेको छ । 

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार