Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललिता निवास प्रकरणबारे गच्छदारको स्पष्टीकरण: ओली सरकारले षड्यन्त्र गरेर झुटा मुद्दा चलायाे


    बुधबार, असोज ६ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास प्रकरणमा आफूले कुनै पनि भ्रष्टाचारजन्य काम नगरेको दाबी गरेका छन् ।

    बुधबार पत्रकार सम्मेलन गरी उनले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधको रुपमा झुट्टा मुद्दा लगाएको बताउँदै यसबारे भन्दै सत्यतथ्य बाहिर ल्याइदिन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । 

    गच्छदारले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले आफूविरुद्ध षड्यन्त्र गरेको र अख्तियारले पनि छानीछानी मुद्दा चलाएर  राजनीतिक पूर्वाग्रहबाट चरित्र हत्या गरेकाे आरोप लगाएका छन् । 

    आयोजित पत्रकार सम्मेलमा गच्छदारले आफ्नो राजनीतिक भविष्य समाप्त पार्ने षड्यन्त्र भएको भन्दै  आफूलाई मुद्दा लगायर कसैकसैलाई चोख्याउने काम भइरहेको बताए।

    बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्नेसम्बन्धी प्रस्ताव तत्कालिन भौतिक पूर्वाधारमन्त्री गच्छदारले मन्त्रिपरिषदमा लगेको अख्तियारको दाबी छ ।

    अख्तियारले यसै विषयमा गच्छदारसमेत १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो मुद्दामा उनलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार