Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • ओलीमाथि माधव नेपालका आठ आरोप: सत्ता लिप्सा, अहंकारी र निरकुंश…


    बुधबार, असोज ६ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन । 

    म‌गलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले ओलीको दम्भकै कारण मुलुकमा राजनीतिक अस्थिरता सिर्जना भएको बताउँदै उनले कटाक्ष गरेका हुन् । 

    ओलीकै कारण नेकपाको एकता भाँडिएको र उनकै कारणले नेकपा एमालेको एकता पनि तोडिएको आरोप लगाउँदै नेपालले ओलीलाई दक्षिणपन्थी चिन्तन, सत्ता लिप्सा, लोकतन्त्र विरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र, गफाडी, अहंकारी र दम्भी स्वभावको नेता भएको टिप्पणी गरेका छन् ।

    म‌गलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेपालले ओलीलाई गुटबन्दी गर्ने, स्वेच्छाचारी एवं व्यक्तिवादी ढंगले चल्ने  पार्टीलाई दक्षिणपन्थी अवसरवादको दिशामा धकेलेको भन्दै विभिन्न आरोप लगाएका छन ।

    ‘संसद्‍मा बहुमत गुमाइसकेपछि पनि सरकारमा रहिरहने उनको सत्तालिप्सा र आफ्नो सरकार ढल्ने भएपछि असंवैधानिक ढंगले भए पनि प्रतिनिधिसभा विघटन गर्ने अलोकतान्त्रिक एवं प्रतिगामी कार्यले गर्दा मुलुक एक प्रकारको मुठभेडमा गयो,’ प्रतिवेदनमा भनिएको छ, ‘लोकतन्त्र र संविधानको रक्षार्थ सडक संघर्ष र कानुनी लडाइँ गरेर प्रतिनिधिसभालाई बचाउने काम त भयो । तर, अझै पनि राजनीतिक स्थिरता कायम हुन सकेको छैन । एक प्रकारको अनिश्चितता र अन्योल कायमै छ । ’

    यस्ता छन् नेपालले ओलीलाई लगाइएका आठ आरोप

    – दक्षिणपन्थी चिन्तन

    – सत्ता लिप्सा र लोकतन्त्र विरोधी

    – स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र गफाडी

    – अहंकारी र दम्भी स्वभाव

    – निरकुंश, स्वेच्छाचारी र व्यक्तिवादी

    – अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृत्ति बोकेको दक्षिणपन्थी

    – विदेशपरस्त तथा राजतन्त्रपरस्त शक्तिसँग दक्षिणपन्थी गठबन्धन

    – गुटबन्दी गर्ने, स्वेच्छाचारी एवं व्यक्तिवादी ढंगले चल्ने  पार्टीलाई दक्षिणपन्थी अवसरवादको दिशामा धकेल्ने

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार