Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेविसंघका महामन्त्री र मोहन बस्नेतका भाइ वडामै पराजीत


    बुधबार, असोज ६ २०७८
    850
    Shares
  • २ मिनेट पाठ
  • चौतारा । सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधि हुँदै नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने योजनामा रहेका ह्याम्स अस्पतालका संचालक रामशरण भण्डारीलाई लिसंखुपाखरको वडामै पराजीत गरिदिएका छन् ।

    गृहमन्त्री बालकृष्ण खाणलाई समेत प्रभावमा पारी भण्डारीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने योजना बनाएका थिए । तर केन्द्रमा गृहमन्त्री खाणलाई प्रभावमा पारे पनि वडामै उनलाई हराइदिएका छन् । वडाकै कांग्रेसले उनको हैसियत देखाइदिएका छन् ।

    त्यस्तै, नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिना पनि वडामै पराजीत भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिकाको वडामै उनी पराजीत भएका छन् ।  सिन्धुपाल्चोक जिल्ला सभापति भइसकेका भूपेन्द्र थापा पनि वडामै हारेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका भाइ बद्री बस्नेत र भीष्मप्रसाद भण्डारी पनि वडामै पराजीत भएका छन् ।

    वडामै पराजीत हुनेहरुमा महिला संघ जिल्ला सभापति गीता नेपाल, नेपाली कांग्रेस सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिका सोनाम लामा  वडामै पराजीत भएकी छन् । नेविसंघका केन्द्रीय सदस्य भइसकेकी ज्ञानु तिमल्सिना र सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल पराजीत भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार