Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवा एकलौटी अगाडि बढेकाे भन्दै पार्टीभित्रै असन्तुष्टि, पौडेल पक्षले बोलायो बैठक


    बुधबार, असोज ६ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । सरकारका सन्दर्भमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा एकलौटी अगाडि बढ्न खोजेको भन्दै नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो रणनीति बनाउन बैठक बोलाएका छन् ।

    मन्त्री छनौटमा असन्तुष्टि जनाउँदै आएको पौडेल पक्षले बुधबार दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बैठक बाेलाएकाे हाे । 

    प्रधानमन्त्री देउवाले नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेपछि पौडेल पक्षले आन्तरिक छलफल गर्न लागेको हो । यसअघि पनि देउवाले आफू पक्षीय नेतालाई मात्र मन्त्री बनाएकोमा पौडेल पक्ष असन्तुष्टी जनाएको थियो ।

    देउवाले आफू निकट बालकृष्ण खाँणलाई गृह, ज्ञानेन्द्र कार्कीलाई कानुन र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । देउवाले आज आफू पक्षकै खड्कालाई परराष्ट्रमन्त्री बनेका छन् ।

    परराष्ट्रमन्त्रीमा पौडेल पक्षबाट सुजाता कोइराला र मिनेन्द्र रिजालको दाबी थियो । उद्योगी विनोद चौधरीले पनि इच्छा राखेका थिए । तर देउवाले खड्कालाई रोजेका छन् । सरकारका सन्दर्भमा देउवा एकलौटी अगाडि बढ्न खोजेको भन्दै पौडेल पक्षले आफ्नो रणनीति बनाउने एक नेताले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार