हेटाैंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशभरका जनताका लागि पायक पर्ने गरी सङ्घीय राजधानी बनाउनुपर्ने बताउनुभएको छ ।
जिल्ला समन्वय समिति चितवनको पाँचौँ जिल्ला सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले मकवानपुर र चितवनलाई जोडेर सङ्घीय राजधानी र प्रदेशको राजधानी काठमाडौँ बनाउनुपर्ने बताउनुभएको हो ।
सङ्घीय राजधानी काठमाडौँ अव्यवस्थित बनेको भन्दै उहाँले यहाँका दुई जिल्ला जोडेर व्यवस्थित राजधानी बनाउन सकिनेमा जोड दिनुभयो । काठमाडौँ प्रदेशको राजधानी हुँदा यहाँका जिल्लालाई पायक पर्ने उहाँको भनाइ थियो । चितवनमा विकासको प्रचुर सम्भावना रहेको भन्दै उहाँले व्यवस्थित सहर बनाउन सुझाव दिनुभयो । मुख्यमन्त्री शाक्यले कोभिडको तेस्रो लहर आउन सक्ने भन्दै यसका विरुद्ध लड्नका लागि सरकारी संयन्त्र तयार रहेको बताउनुभयो ।
सामाजिक विकासमन्त्री विजय सुवेदीले गुरुयोजना बनाएर जिल्लाको विकासमा जुट्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, प्रमुख जिल्ला अधिकारी आशमान तामाङलगायतले बोल्नुभएको थियो ।
सो अवसरमा जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटीले आर्थिक वर्ष २०७८÷०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विभिन्न आयोजनाको विवरण पेश गर्नुभयो । ती आयोजनाका विषयमा आजै जिल्ला सभाको बन्दसत्रमा छलफल हुनेछ ।
कार्यक्रममा जिल्ला समन्वय समितिले प्रकाशन गरेको ‘चितवन दर्पण’को मुख्यमन्त्री शाक्यले विमोचन गर्नुभयो । सो पुस्तक सामाजिक विकासमन्त्री सुवेदीको संयोजकत्वमा जिल्लाका विज्ञले तयार पार्नुभएको हो । जिल्लाको सबै क्षेत्र समेटिएको यस प्रकारको पुस्तक पहिलो भएको सुवेदीको दाबी छ । पुस्तकका लेखक, कोभिड अभियानमा जुट्ने स्वास्थ्यकर्मी र जिल्ला समन्वय समितिमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सोही अवसरमा सम्मानित गरिएको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend