Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवा सरकारप्रति ओलीको व्यंग: त्यता ग्रहण लागेको छ नहेर्नू, अशुभ हुन्छ


    मंगलबार, असोज ५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार बनेपछि देशमा दिउँसै ग्रहण लागेको बताएका छन् । 

    मंगलबार काठमाडौंमा मदन भण्डारीको जीवनीमा आधारित रमेश रुछेन राईद्वारा लिखित ‘श्वेतशार्दूल’ नामको पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले साे कुरा बताएका हुन् ।

    ‘दिउँसै ग्रहण लाग्यो भने ग्रहणतिर नहेर्नु भन्छन् । अहिले ग्रहण लागेको छ । ग्रहणतिर नहेर्नु, धेरै काम छैन । अशुभ छ,’ उनले भने, ‘रणनीतिक सडक समेत, १४ सय सडकको बजेट रोक्नू, कार्यक्रम आयोजना सबै खत्तम । क्या बहादुर सरकार । अघिल्लो सरकारले १४ सय सडक बनाउछु भन्यो, यो सरकारले आउने बित्तिकै रोक्दियो । क्या बात् । अनि यो ग्रहण नलागेको कस्तो सरकार हो ?’

    यस्तै ओलीले सरकारले रत्नपार्कमा बसेर ह्वार–ह्वार बाँडेझैं पदक बाँडेको आरोप समेत लगाएका छन् ।

    ‘अस्तीको दिन बितरण गरेको जस्तो पदकहरु हामीले बितरण गरेको भए….बा बा । अहिले त खारेज गर्ने अदालतलाई पनि वितरण गरिदिएको छ, अब कसले खारेज गर्ने ? बहस गर्ने वकिललाई पनि पदक दिएको छ, अब कसले बहस गर्ने ? विरोध गर्ने मिडिया, टेलिभिजनलाई पनि दिएको छ, कसले विरोध गरिदिने ? कसले बोल्ने ?,’ ओलीले अघि भने, ‘कस्तो सबैतिर मिलाएर ढ्याक ढ्याक ढोका थुन्या हो ? कतैबाट आवाज नआओस् । कतैबाट विरोधको स्वर नआओस् । यति गरेपछि त विरोधी नै रहेनन् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार