Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीमाथि माधव नेपालकाे गर्जन: दमनबाट मुक्त भएपछि खुसी छु


    मंगलबार, असोज ५ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू केपी शर्मा ओलीकाे दमनबाट मुक्त भएपछि  खुसी भएकाे बताएका छन् ।

    नेकपा (एस) काे पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठमा सहभागी हुन पार्टीकाे केन्द्रिय कार्यलय मीनभवन पुगेका नेपालले साे कुरा बताएका हुन् ।

    ‘खुसी  लागेको छ,’ नेपालले भने, ‘किनभने विद्रोह गरेर एउटा दक्षिणपन्थी भासमा भासिएको, कम्युनिष्ट, क्रान्तिकारी चरित्र गुमाएको, जबजको मान्यतालाई कुठराघात गरेको ठाउँबाट मुक्त भएर क्रान्तिकारी धार बोकेको नयाँ पार्टीको केन्द्रीय कमिटीमा उपस्थित हुन पाउँदा खुसी लागेको छ ।’

    दुई दिनसम्म चल्ने नेकपा (एस) को केन्द्रीय कमिटी बैठकले संगठनात्मक कार्यविभाजन सम्बन्धमा महत्वूर्ण निर्णय लिने बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार