Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डलाई बास्कोटाकाे कटाक्ष: एमसीसी सम्झौता यति बिघ्न गिजोलेर के गर्न खाेजेकाे ?


    मंगलबार, असोज ५ २०७८
    695
    Shares
  • २ मिनेट पाठ
  • पोखरा । नेकपा एमालेका नेता गोकुल बास्कोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिजोलेको आरोप लगाएका छन् ।

    मंगलबार प्रेस चौतारी कास्कीले अायाेजना गरेको कार्यक्रममा बाेल्दै उनले पहिले सम्झौता गर्ने र पछि पारित गर्न नहुने भनेर यति बिघ्न गिलाेल्ने ? भन्दै प्रश्न गरेका छन । 

    ‘एमसीसीको सम्झौता गर्‍या कसले ? (शेरबहादुर) देउवाले, प्रचण्डले । एमसिसी गिजोल्या कसले ? त्योचाहिँ प्रचण्डले मात्रै हो । अरुले गिजोलेको होइन, यता गिजोल्या’छ, उता गिजोल्या’छ’ उनले भने, ‘पदमा हुँदा एउटा कुरा गर्‍या’छ, बाहिर निस्किँदा अर्को कुरा गर्‍या’छ । केपी ओली हुँदा एउटा कुरा गर्‍या’छ, अर्को कुरा हुँदा अर्को कुरा गर्‍या’छ । मजाकको विषय हो यो विदेशीसँगको सम्बन्ध ?’

    एमसीसी सम्झौता पारित गर्ने वा नगर्ने सत्तापक्षको हातमा रहेको भन्दै बास्कोटाले संसदमा पेश गरेपछि एमालेले निर्णय गर्ने बताए ।

    अहिले एमसीसी सम्झौता पारित गर्न सत्तारुढ दललाई एमालेको सहयोग नचाहिने पनि बास्कोटाले ‘हामीतिर फर्किनै पर्दैन । उहाँहरुको १ सय ६५ सिट छ । झन्डै २ तिहाइ छैन त ? गरे भइहाल्यो नि एमसीसी’ उनले भने ।

    ‘पहिले उहाँहरुले ल्याउनुस्, त्यसपछि हामी पढौंला, त्यसका जम्मै बुँदाबुँदा केलाउँला ।…सेनाले परेड खेल्नी हो कि ? बिजुलीको प्रशारण लाइनमात्रै बनाउने हो कि ? भारतको अनुमति किन चाहिनुपर्ने हो वा किन नचाहिनुपर्ने हो ? त्यो कुरा त छलफल गरौंला नि !’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार