Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवालाई थापाकाे काउन्टर: भ्रष्टाचार गरेर कमाएको अकुत कालो धन चोख्याउने काम भयाे


    मंगलबार, असोज ५ २०७८
    1.2K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता प्रदान गरेको आरोप लगाएका छन । 

    गठबन्धन सरकारलाई अपवित्र गठबन्धन भन्दै थापाले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको बताएका हुन् । 

    उनले सरकारले भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने काम गरेको पनि उनले बताएका छन् । उनले यस निर्णयको  विरोध जनाउदै निर्णय तत्काल फिर्ता गर्न पनि माग गरेका छन् ।

    उनले लेखेका छन् – ‘पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर वर्तमान ‘अपवित्र’गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको छ।भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने सरकारको यस निर्णयको बिरोध र भर्त्सना गर्दछु। यो निर्णय तत्काल फिर्ता गरियोस्’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार