Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली जस्तो झुट बोल्न सिपालु नेपालमा अरु कोही नभएकाे प्रचण्डकाे आराेप


    सोमबार, असोज ४ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली जस्तो झुट बोल्न सिपालु नेपालमा अरु कोही नभएको बताएका छन् ।

    सोमबार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजिक कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताउँदै झुट, गुट र धोका दिने लगायको विशेषता एमालेमा रहेकाे आराेप लगाएका हुन् ।

    त्यस्तै गुण आफ्नो पार्टीमा पनि सरेको भन्दै प्रचण्डले भने – ‘माओवादी पनि एमालेकरण हुन थाल्यो । झुट, जालझेल, भ्रष्टाचार, पद जसरी नि प्राप्त गर्ने, गुटै गुट। एमाले भन्या त्यही हो’

    ओलीले आफुले धोका दिएर सजिलै अर्कोलाई धोकेवाज भन्ने गरेको पनि प्रचण्डले बताए । उनले भने – ‘केपी ओली छन् नि झुट बोल्न त्यतिको सिपालु मान्छे सायद नेपालमा अरु छैनन्। धोका चाँही आफूले दिने। धोकै धोकाको छ तिनको जीवन तर सजिलै अर्कोलाई धोकेवाज भन्छन्।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार