Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले स्थायी कमिटी बैठक बस्दै, राजनीतिक र साङ्गठानिक प्रतिवेदनमाथि छलफल गरिने


    सोमबार, असोज ४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। 

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा हिजोदेखि जारी बैठक आज दिउँसो १ बजे बस्न लागेको एमालेले जनाएको छ।

    बैठकमा विधान महाधिवेशनमा पेस गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठानिक प्रतिवेदनमाथि छलफल गरिने एमाले केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए। 

    यसअघि हिजोको बैठकमा ती प्रतिवेदन पेस भई छलफल सुरु भएको थियो। आइतबारको छलफलमा नेताहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, अमृतकुमार बोहरा, केशव बडाल, डा पुष्प कँडेलले भाग लिएका थिए ।

    एमालेको विधान महाधिवेशन १५ देखि १७ असोजसम्म ललितपुरको गोदावरीमा हुने तय भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार