Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पदक वितरणमा अनियमितता भएको  पुष्टि, गृहमन्त्रीले नै तपाई मेडल थाप्ने हाे भनेर सोधेको सनसनीपूर्ण खुलासा


    सोमबार, असोज ४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देश र जनताका लागि उल्लेखनीय कार्य गरेको भन्दै सरकारले  संविधान दिवसको अवसरमा ९ सय ३ जनालाई विभिन्न विधामा पदक दिने घोषणा गर्यो ।

    हरेक साल दिँदै आएको विभूषणको योपटक भने चर्काे विरोध भएको छ । कानुनअनुसार राष्ट्रिय जीवनमा विशिष्ट योगदान गरेकाहरू मात्रै विभूषित हुन सक्ने व्यवस्था छ । तर, त्यसको आधार र औचित्य नखोजी मनोमानी र तजबिजी रूपमा पदक बाँड्ने क्रम बढिरहेको भन्दै यसको चर्को विरोध भएको हो।

    यता एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख एवं एमाले स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङदेखि सामाजिक सञ्जालमा आबद्ध अनेक तहका व्यक्तिले सरकार र विभूषण पाएका केही व्यक्तिका नाममा चर्काे विरोध गरेका छन् । कतिपयले भने पदकअस्वीकार समेत गरेका थिए। 

    यस्तै, पदकबारे बरिष्ठ लेखक खगेन्द्र संग्रौलाले सनसनीपूर्ण खुलासा गरेका छन् । उनले गरेको खुलासाबाट नै पदक वितरणमा अनियमितता भएको  पुष्टि हुने देखिन्छ। सामाजिक संजालमार्फत् उक्त कुराबारे खुलासा गरेका संग्रौलाले आफूलाई गृहमन्त्री बालकृष्ण खाँणले पदक लिने हो भनेर सोधेको उल्लेख गरेका छन्। 

    गृहमन्त्री खाँणले आफूलाई पदक थाप्ने हो संग्रौलाजी भनेर सोधेकोमा आफूले भने मलाई साेध्नु नै मराे भावना र निष्ठाकाे लाख सम्मान हाे भनेको संग्रौला बताउछन्।

    सामाजिक सञ्जालमा संग्रौलाले लेखेका छन्, ‘पदक पाएकाेमा भनेर मलाई पनि एकाध बधाई आए।पाउनु र झन्डै पाढनुमा ठूलाे अन्तर छ।गृहमन्त्री खाणले पदक थाप्ने हाे भनेर मलाई साेध्नु भाथ्याे। ‘मलाई साेध्नु नै मराे भावना र निष्ठाकाे लाख सम्मान हाे खाणजी,’ मैले भनेँ।यसरी मैले झन्डै पाएकाे पदक बापत आएका बधाईलाई झन्डै बधाई मान्नुपर्ला !’

    khagendra.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार