Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा समाजवादीको धनुषा जिल्ला कमिटी गठन, पण्डितलाई अध्यक्षको जिम्मेवारी 


    आइतबार, असोज ३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) धनुषा जिल्ला कमिटीको अध्यक्षमा रामचन्द्र पण्डित चयन भएका छन् । आइतबार भएको नेकपा समाजवादीको विशाल भेलाले पण्डितलाई अध्यक्ष चयन गरेको हो ।

    भेलाले उपाध्यक्षमा शितल साहलाई चयन गरेको छ । सचिवमा सोमप्रसाद शर्मा र सहसचिवमा राजकुमार यादवलाई जिम्मेवारी दिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्षका रुपमा काम गरिसकेका शितल साह नेकपा समाजवादीको धनुषा उपाध्यक्ष भएका छन् ।

    nekapa s  dhanusha.jpg

    नेकपा समाजवादीको जिल्ला कमिटी घोषणा गर्नका लागि जनकपुरधाममा अगुवा कार्यकर्ता भेला आयोजना गरिएको थियो । उक्त कार्यक्रममा उत्साहजनक उपस्थिति रहेको थियो ।

    भेलाका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश २ इन्चार्ज धर्मनाथ साह  र विशिष्ट अतिथि प्रदेश अध्यक्ष रामचन्द्र यादव रहेका थिए । त्यस्तै अतिथिहरुमा केन्द्रीय सदस्यहरु नागेन्द्र चौधरी, शत्रुघन महतो, रत्नेश्वरलाल गोइत, सुधिर साह, श्रीप्रसाद साह, पूर्वमन्त्री यदुबंश झाको उपस्थिति थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार