काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताएका छन् ।
जसपा र एमालेबाट माओवादी केन्द्रमा आएका एक दर्जन नेता तथा कार्यकर्ताको अध्यक्ष निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले माओवादी शक्तिका बीचमा एकता र सहकार्य जरुरी रहेको बताए। उनले भने– “सबै विगतका माओवादी आन्दोलनमा रहेका साथीहरू एउटै केन्द्रमा आउने वातावरण बन्दै गएको छ । अहिले नआउने पनि केही समयपछि आउनुहुन्छ ।”
उनले माओवादी आन्दोलन र यसले उठाएका एजेण्डालाई राष्ट्रियरूपमा फेरि नयाँ उचाइबाट स्थापित गर्ने तथा आन्दोलन र पार्टीलाई फेरि राष्ट्रको नेतृत्व गर्ने गरी विकास गर्ने अवसर आफूहरूमा रहेको प्रचण्डको भनाइ थियो । उनले भने, “समाजवादी क्रान्तिलाई माक्र्सवादी तरिकाले अगाडि बढाउने पार्टीको रूपमा यो पार्टी र नेतृत्वका लागि अन्तिम अवसर पनि हुनसक्छ । एक चोटी राष्ट्रलाई झक्झक्याएर अगाडि लैजाने अवसर पनि हुनसक्छ । सकिएन भने नराम्रो स्थितिमा आन्दोलन जाने खतरा पनि छ । त्यसकारण सबै क्रान्तिकारीहरूले अब ढिला नगरी एकताबद्ध हुने र आत्मसमीक्षासहित जनताको घरघरमा पुग्नुपर्ने भएको छ ।”
“हिजो संसद् विघटन गरेर केपी ओलीलाई मद्दत गर्नेहरू एमसीसीमार्फत् गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजान सकिन्छ कि भनेर कसरत गरिरहेका छन्”, अध्यक्ष प्रचण्डले भने “हामीले गठबन्धनमा एमसीसी र गठबन्धन कुन मुख्य हो भनेर छलफल पनि गरेका छौँ । गठबन्धन रक्षा नै राष्ट्र, संविधान र गणतन्त्रको हितका लागि मुख्य हो । एमसीसी परिमार्जन र संशोधनबिना पास गर्न सकिन्न र राष्ट्रिय सहमति नबनाई यस्तो डरलाग्दो कुरामा हात हाल्न पनि हुन्न ।”
फरक प्रसङगमा अध्यक्ष दाहालले आन्दोलनको विकासको क्रममा अभिभावकत्व गरिसकेपछि र त्यसलाई सिङ्गो कम्युनिष्ट पार्टी र जनताले अभिभावकको रूपमा स्वीकारेपछि त्यो आन्दोलनका कोही पनि सहयात्री दायाँबायाँ हुँदा बुझाउन र सम्हाल्न सकिएन भन्ने पीडा हुने विचार व्यक्त गरे । उनले भने– “पार्टी प्रवेशले बलियो सन्देश दिएको छ । तपाईँहरूले जिम्मेवारीको चिन्ता नलिनु होला ।”
सो अवसरमा विगतमा माओवादी छाडेर अन्य विभिन्न पार्टीमा गएका र फर्किएपछि के अनुभूति भयो भन्ने पनि आफ्नो धारणा राखेका थिए। उनीहरूले आफूहरूबाट नेतृत्वलाई बुझ्ने सवालमा कमजोरी भएको र अहिले ब्युँझिएपछि आफूहरू माओवादीको मूल प्रवाहमा समाहित हुन आइपुगेको बताए ।
आज माओवादी प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टी, नेपालका सङ्घीय परिषद् सदस्य रमेश रेग्मी (चितवन), नेकपा एमाले केन्द्रीय परिषद् सदस्य प्रल्हाद लामिछाने (मकवानपुर), जसपा प्रदेश समिति सदस्य प्रकाश पोखरेल (चितवन), जसपा जिल्ला सचिवालय सदस्य रामपुकार पाठक (चितवन), प्रेम शर्मा (सिन्धुपाल्चोक), कृष्ण कार्की (मकवानपुर) सुजनकुमार थापा (मकवानपुर), रवीन्द्र मोक्तान (मकवानपुर), प्रेम वाइवा (मकवानपुर) सुशील ओली (दैलेख) रहेका छन् ।
कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेल, केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज हितमान शाक्य, बागमती प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य नारायण दाहाल, केन्द्रीय सदस्य जोखबहादुर महरा, केन्द्रीय सदस्य सन्तु दराई, केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाललगायतको उपस्थिति थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend