Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले संविधान जारी गर्दाको कठोर क्षण सम्झँदै भने– ममाथि माइकले हान्ने र भौतिक आक्रमणसमेत भए


    आइतबार, असोज ३ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नेतृत्वमा संविधान बनेको भन्दै यसको रक्षाका लागि पनि एमालेले नै अगुवाइ गर्ने बताएका छन् । 

    संविधान दिवसको अवसरमा आइतबार नेकपा एमालेले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेस-माओवादीजस्ता दलहरू लकपकाएर खुट्टा कमाएका बेला एमालेको नेतृत्वमा संविधान बनेको दाबी समेत गरे ।

    संविधान जारी गर्ने पहल लिँदा आफूमाथि संविधानसभामै माइकले हान्नेदेखि भौतिक हमलाको प्रयास भएको स्मरण गर्दै ओलीले भने, ‘हामीमाथि संविधान जारी गर्न खोज्दा भौतिक आक्रमण भए । माइकले हाने । सबै झेलेर संविधान जारी गराइयो, त्यसवापत नाकाबन्दी भयो त्यसको पनि डटेर, राष्ट्रिय स्वाभिमानलाई झुक्न नदिएर कुनै सम्झौता नगरी संविधानको रक्षा गरेर अघि बढ्यौं । मलाई गर्व छ त्यसको नेतृत्व नेकपा एमालेले गर्‍यौ ।’

    अध्यक्ष ओलीले संविधान नमान्ने शक्तिलाई पनि एमालेले आफ्नो नेतृत्वको सरकारका पालमा सबैलाई समेटेको दावी समेत गरे ।

    ओलीले भने, ‘जो पृथकतावादको वकालत गर्दै थिए, हिंसामा थिए ती सबै प्रवृत्तिलाई समेत समावेश गरियो । संविधान मान्दैनौं भन्ने कुरा अब जनतालाई धोका दिने मात्र हो । सबैले संविधान अनुसार सपथग्रहण गरेका छन् । सरकारमा सहभागी भएका छन् । विनासर्त संविधान स्वीकार गरेका छन् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार