Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खनाल भन्छन्: संसद चल्न नदिन अस्थिरतावादी तत्वले षड्यन्त्रको तानाबाना बुन्र थाले


    आइतबार, असोज ३ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाै. । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले संसद चल्न नदिने अराजकतावादी प्रवृत्ति देखापरेको बताएका छन ।

    संविधान दिवसको अवसरमा शुभकामना दिंदै खनालले संविधान बमोजिम मुलुकलाई अघि बढाउने प्रत्यत्न भइरहे बेला अस्थिरतावादी तत्वले षड्यन्त्रको तानाबाना बुनेको भन्दै एमाले लाई अराजकतावादीको संज्ञा दिएका हुन् ।

    ‘नयाँ गठबन्धनको सरकार बनेको छ र संविधान बमोजिम मुलुकलाई अग्रगतितर्फ अघि बढाउने प्रयत्न भइरहेको छ । यद्यपि, अस्थिरतावादी तत्वहरू अहिले पनि षड्यन्त्रका विभिन्न तानाबाना बुनिरहेका छन्’, उनले भनेका छन्, ‘संसद्लाई चल्न नदिने अराजकतावादी प्रवृत्ति पनि देखापरिरहेका छन् । यस्ता प्रवृत्तिहरूविरुद्ध दृढतापूर्वक संघर्ष गर्दै संविधानको रक्षा, लोकतान्त्रिक मूल्य–मान्यताहरूको रक्षा, राष्ट्रियताको रक्षा तथा अग्रगमनतर्फको यात्रालाई कायम राख्दै मुलुकलाई समाजवाद र समृद्धितिर अघि बढाउनु नै आजको आवश्यकता बनेको छ ।’

    सबै लोकतान्त्रिक पार्टीहरूको संयुक्त प्रयत्न, नेपाली जनताको दृढ संघर्ष तथा न्यायालयको ऐतिहासिक निर्णयले गर्दा मुलुक पुनः राजनीतिक स्थिरतातिर फर्केको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार