काठमाडाैं । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले पार्टी फुटाउने र केपी शर्मा ओली सरकारविरूद्ध मुद्दा लड्नेले मेडल पाएको भन्दै गुनासाे गरेका छन् ।
यसले राम्रो सन्देश नगएको भन्दै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मेडल अस्वीकार गर्न समेत सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।
संविधान दिवसको अवसरमा आइतबार नेकपा एमालेले गरेको कार्यक्रममा बाेल्दै पूर्वसभामुख नेम्वाङले भने,‘परमादेशबाट सरकार स्थापित भएको घोषणा गर्ने अदालतका सम्बन्धित न्यायाधीशहरू र त्यो सरकारको विरूद्धमा मुद्दा दर्ता गर्ने मुद्दावालाहरू त्यसका पक्षहरू, उहाँहरूले मेडल पाउनुभएछ ।’
उनले झलनाथ खनाललाई लक्षित गर्दै भारतमा रहेर पार्टी फुटाउन भूमिका खेलेका नेताले पनि मेडल पाएको बताएका छन् ।
‘एक जना साथी दिल्लीमा हुनुहुन्थ्यो । दिल्लीबाटै पार्टी फुटाउन भूमिका खेल्नुभयो उहाँले मेडल पाउनुभएछ । दुई जना नेताहरू यहीँ क्रियाशील हुनुहुन्थ्यो उहाँहरूका परिवारका महत्वपूर्ण सदस्यले मेडल पाउनुभएछ,’ उनले भने, ‘म व्यक्तिगत रूपमा टिप्पणी गर्दिनँ । पार्टी र सरकारको विरूद्धमा मुद्दा लगाउने साथीहरूले मेडल पाउनुभएछ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend