Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अखिलको नयाँ नेतृत्व चयनप्रति नवीना लामाको बिरोध, ओलीको चाकरी गर्नेहरुले अवसर पाए 


    शनिबार, असोज २ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अनेरास्ववियुका पूर्व अध्यक्षदेखि वर्तमान उपाध्यक्षहरुले बहिस्कार गरेको सचिवालय बैठकले शनिबार सुनिता बराललाई अध्यक्ष चयन गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा भएको अनेरास्ववियुको स्थायी समिति र सचिवालय बैठक  पूर्वअध्यक्ष नवीना लामा र उपाध्यक्षद्वय रश्मी आचार्य र महेश बर्तौलाले बहिस्कार गरेका छन् ।

    पूर्वअध्यक्ष र उपाध्यक्षहरुले बैठक बहिस्कार गरे पनि शनिबार सचिवालयले बराललाई अध्यक्ष चयन गरेको थियो । नवीना लामाले बैठक बहिस्कार गरेपछि पूर्वअध्यक्षका रुपमा माधव ढुंगेलले बोलेका थिए । अध्यक्षका प्रबल दाबेदार उपाध्यक्ष रश्मी आचार्य र महेश बर्तौलालाई नेतृत्व नदिई झापा घर भएकी सुनिता बराललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष बनाउन दबाब दिएका थिए ।

    अनेरास्ववियुको नेतृत्व चयन प्रक्रियाको पूर्वअध्यक्ष नवीना लामाले सामाजिक संजालमै बिरोध गरेकी छन् । उनले शनिबार बेलुका सामाजिक संजालमा लेखेकी छन्–‘अब झन् यस्तो परिस्थितिमा पनि हाम्रो कम्युनिष्ट पार्टी एमालेमा निष्ठावान कार्यकर्तालाई न्यायको ढोका बन्द हुँदै गएको र बिभेदले सीमा नाघेको अनुभूति भयो । चाकरीवाद मूर्दावाद ।’  

    सांसद समेत रहेकी नवीना लामाले चाकरी गर्नेहरुलाई ओलीले अनेरास्ववियुको नेतृत्वमा लगेको आरोप लगाएकी छन् । ओलीको नाम नलेखी उनले चाकरी गर्नेहरुलाई अनेरास्ववियुको नेतृत्व दिएको सार्वजनिक रुपमा लेखेकी छन् । लामा रश्मी आचार्यलाई अखिलको अध्यक्ष बनाउनुपर्ने पक्षमा थिइन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार