काठमाडौं । नेकपा(एमाले) निकट अनेरास्ववियुको अध्यक्षमा झापाकी सुनिता बराल चयन भएकी छन् । उपाध्यक्ष बराललाई एमाले अध्यक्ष केपी ओलीकै जोडबलमा अध्यक्ष मनोनीत गरिएको छ । अनेरास्ववियुमा अध्यक्षका प्रत्यासी उपाध्यक्ष रश्मी आचार्य, महेश बर्तौला, शैलेश लामा थिए । तर ओलीले झापाकै बराललाई अध्यक्ष मनोनीत गरेका छन् । अनेरास्ववियुको महासचिवमा समिक बडाल चयन भएका छन् ।
त्यसैगरी, बरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने चयन भएका छन् । उपाध्यक्षहरुमा झपिन्द्र खत्री, उमेश आचार्य, निशा अधिकारी, यमराज पाण्डे, मोति विक, चन्द्र थिङ, कल्पना बाइवालगायत चयन भएका छन् ।
उपमहासचिवहरुमा नारायण घर्ती, गोविन्द गिरी, नरेश रोकायासहित चयन भएका छन् ।
नेकपा एकता भएपछि २०७५ मा ओलीले अनेरास्ववियुको अध्यक्षमा महासचिव ऐन महरलाई चयन गरेका थिए । अरु जनसंगठनमा उपाध्यक्ष अध्यक्ष भएका थिए तर अनेरास्ववियुमा महासचिवलाई संयोजक बनाइएको थियो । युवासंघ माओवादीलाई दिएर ओलीले महरलाई अध्यक्ष बनाउनकै लागि अनेरास्ववियु एमालेको भागमा लिएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend