Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली भन्छन्- अहिलेका सत्ताधारी बरफका डल्ला हुन्, चुनावपछि पग्लिन्छन्


    शनिबार, असोज २ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ताधारी गठबन्धनलाई  आइसको डल्लाको संज्ञा दिंदै छिनभरमै पग्लिने दावी गरेका छन् । आज आयोजित नेपाल निजामति कार्मचारी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई ‘फ्रिजबाट निकालिएको आइसको डल्ला’ भनेका हुन् ।

    चुनावपछि आइसका डल्ला बिलाएर जाने बताउँदै अध्यक्ष ओलीले भने–‘१४ महिनामा चुनाव हुन्छ, यी कता हराउँछन्, कता बिलाउँछन्’ उनले भने, ‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् । आफैं परेका आइस होइन । यी डल्ला बाहिर राखिदिएपछि एकछिनपछि पग्लेर जान्छन् । धेरै चिन्ता गर्नुपर्दैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार