Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्री खाण बिमलेन्द्र निधिको पथमा, प्रधानमन्त्री देउवासँग टाढिंदै


    शुक्रबार, असोज १ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले पूर्वगृहमन्त्री विमलेन्द्र निधिकै पथ अनुशरण गर्न थालेका छन् । बिमलेन्द्र निधिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा शेरबहादुर देउवाको चाहना बिपरीत नवराज सिलवाललाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न खोजेका थिए । तर देउवाले जयबहादुर चन्दलाई नियुक्त गर्न निर्देशन दिएपछि निधिले राजीनामा नै दिएका थिए । यद्यपि उनको राजीनामा पछि स्वीकृत भएन । प्रधानमन्त्री देउवाकोक चाहनाबिपरीत जसरी निधि अगाडि बढेका थिए, ठीक त्यही शैली अपनाउँदै खाण आइजीपीलाई कमजोर बनाउन तल्लीन छन् । उनी देउवाले फिटिक्कै मन नपराउने एक एआइजीलाई आइजीपी बनाउने भन्दै नेपाल प्रहरीका आइजीपीलाई कमजोर बनाउने खेलमा सुरुदेखि नै लाग्दैआएका छन् ।

    निधि पथ अनुशरण गर्दै गृहमन्त्री खाण प्रधानमन्त्री देउवालाई असफल बनाउने खेलमा लागेका हुन् । प्रहरी र सशस्त्रका लेखापालको सरुवा आर्थिक बर्ष सुरु हुनासाथ हुँदैआएको थियो । तर खाण गृहमन्त्री भएपछि प्रहरी र सशस्त्रका लेखापालको सरुवा असोजमा पनि हुनसकेको छैन । हरेक बर्षको साउनमा दुवै संगठनका लेखाको सरुवा हुँदैआएकोमा खाणले गर्दा रोकिन पुगेको छ । खाणले लेखापाल सरुवा रोकिनुको कारण आइजीपी शैलेश थापा क्षेत्रीतिर पन्छाउने गरेका छन् । लेखापालमात्र होइन, रिक्त एसएसपी बढुवा रोकिनुको कारण पनि आइजीपीतिरै तेस्र्याउने गरेका छन् ।  

    गृहमन्त्री खाणले देउवापत्नी आरजु राणाको दबाबमा सौरभ राणालाई डीआइजी बढ्ुवा गर्नुपरेको भन्ने गरेका छन् । खाणले एसएसपी पूजा सिंहलाई डीआइजी बढुवा गर्ने आश्वासन दिएका थिए । काभ्रेको एसपी हुँदा सरुवा भएर जाने सिपाहीको टीएडीएसमेत खान पछि नपर्ने सिंहका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । उनीबिरुद्ध कुनै पनि बेला मुद्दा दायर गर्ने अवस्था विद्यमान भएकाले उनी डीआइजी बढुवा सिफारिसमा पर्न नसकेकी हुन् ।

    आइजीपी खाणकै ब्याचका राणालाई बढुवा गर्ने पक्षमा आफू नभएको भन्दै प्रधानमन्त्री देउवाको बदनाम गर्न उनी उद्यत भएर लागेका छन् । गिरीबन्धु टी स्टेटको हदबन्दीको जग्गादेखि ताप्लेजुङको कन्चनजंघा संरक्षण क्षेत्रको १ हजार ५ सय रोपनी जग्गा गैरकानुनी दर्ता प्रक्रियामा करोडौं रुपैयाँ घुस खाएको आरोप लागेका टेकनारायण पाण्डेलाई गृहमन्त्रालयको सचिव बनाउने काम पनि खाणले देउवाको चाहना बिपरीत गरेका छन् ।

    देउवाले पार्टीको महामन्त्री र पदाधिकरीमा डा. प्रकाशशरण महत र पूर्णबहादुर खड्काहरुलाई अगाडि बढाउन खोजेकाले खाण टाढिंदै जान थालेका छन् । देउवाले पार्टीको पदाधिकारीमा महतहरुलाई सेट गर्न खाणलाई गृहमन्त्रीमा लगेका थिए । तर खाणले उनलाई निधिले जस्तै असहयोग अभियान नै सुरु गरेका छन् । खाण पनि निधिजस्तै देउवाबाट टाढिने संकेत उनले देखाउन थालिसकेका छन् ।

    खाणका निकट एआइजीले एमाले सांसद तथा पूर्वडीआइजी नवराज सिलवालको फौजदारी मुद्दा बयान पनि नलिई सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गर्न लगाएका थिए । पूर्वप्रधानमन्त्री केपी ओलीको कार्यकालमा आइजीपी बनाइदिउँला भनेपछि ती एआइजीले सिलवालसँग बयान नै नलिई मुद्दा सरकारी वकिलकोमा बुझाएका थिए । प्रहरीले बुझाएको प्रतिवेदनकै आधारमा सरकारी वकिल कार्यालयले महान्यायाधीवक्ता कार्यालयमा पेश गरी सिलवालको मुद्दा नचल्ने निर्णय भइसकेको छ । महान्यायाधीवक्ता रमेश बडालले सिलवालबिरुद्ध कीर्तेमा मुद्दा नचल्ने निर्णय गरेका हुन् ।

    २०७३ देखिका महानगरीय कार्यालयका प्रमुखदेखि काठमाडौं परिसरका प्रमुखहरु ३ जनाभन्दा बढी फेरिए, कसैले पनि सिलवालको फाइल सरकारी वकिलकोमा पेश गरेका थिएनन् । तर ओलीको बहिर्गमन हुने बेलामा सिलवालको फाइल सरकारी वकिल कार्यालयमा बुझाउनेलाई खाणले च्यापेको बिषयमा पनि देउवाकोमा सूचना पुगिसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार