Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यथास्थितिमा एमसीसी स्वीकार हुँदैन, यसबारे हाम्रा सात शर्त छन्: माधवकुमार नेपाल


    शुक्रबार, असोज १ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाै । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसी अघि नबढ्ने बताएका छन् ।

    शुक्रबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटन गर्दै उनले एमसीसीका बारेमा आफूहरुका विभिन्न सात शर्त रहेको पनि जनाएका छन् ।

    अध्यक्ष नेपालका अनुसार एमसीसीसमक्ष विभिन्न सात शर्त राखिएका छन् । ‘एमसीसीमा कुनै सेक्युरिटी अम्ब्रेलामा बस्नुपर्ने शर्त छ कि छैन ? त्यस्तो शर्त हामीलाई मन्जुर छैन भनेका छौं,’ उनले भने, ‘हामी कुनै पनि सेक्युरिटी अम्ब्रेलामा बस्ने शर्त मान्य छैन ।’

    दोस्रो शर्तमा, नेपालले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने, पञ्चशीलको सिद्धान्त अवलम्बन गर्र्दै असंलग्न परराष्ट्र नीतिप्रति प्रतिवद्ध रहने भएकाले यस विपरीत हुने कुनै पनि शर्त आफूहरुलाई स्वीकार्य नहुने पनि एमसीसीलाई प्रस्ट पारिएको उनले बताए ।

    यस्तै, छिमेकीप्रति कुनै किसिमको आशंका हुने परिस्थिति स्वीकार्न नसक्ने तेस्रो शर्त राखिएको उनले सुनाए ।

    ‘प्रोजेक्टआउँदा यसको हाइटेन्सन लाइन बन्ने जग्गा नेपालको स्वामित्वमा रहने, सार्वभौम अधिकार नेपालको रहने सुनिश्चित हुनुपर्छ, यो हाम्रो चौथो शर्त हो,’ उनले भने, ‘यसको बौद्धिक सम्पत्तिमा नेपालको अधिकार रहने सुनिश्चितता हुनुपर्छ ।’

    छैटौं शर्तमा एमसीसी परियोजनामा नेपाली कामदार, नेपालीले रोजगारी पाउने कुराको सुनिश्चितता हुनुपर्ने प्रस्ट पारिएको उनले बताए ।

    सातौं शर्त अन्तर्गत एमसीसी परियोजनाको लेखा परीक्षणमा महालेखा परीक्षकको अधिकार रहने सुनिश्चितता हुनुपर्नेमा उनले जोड दिए । 

    यसै सन्दर्भमा केन्द्रित रहेर अहिले सरकारले एमसीसीलाई प्रश्न सोधेको र त्यसको जवाफ एमसीसीले पठाइसकेको उनले बताए । ती जवाफका सम्बन्धमा अध्ययन भइरहेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार