Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल भन्छन्: एकीकृत समाजवादी कुनै पद प्राप्तिका लागि बनेको होइन, याे जनतामा समर्पित छ


    शुक्रबार, असोज १ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एकीकृत समाजवादीले पार्टीकाे केन्द्रीय कार्यालय आज (शुक्रबार) बिहान उद्घाटन गरेकाे छ ।

    अध्यक्ष माधवकुमार नेपालले आज बिहान काठमाडौंको नयाँ बानेश्वरस्थित आलोकनगरमा रहेकाे पार्टीकाे कार्यालय शुभारम्भ गरेका हुन् ।

    राष्ट्र र जनता नै पार्टीका गतिविधिको केन्द्रमा रहने बताउँदै अध्यक्ष नेपालले पार्टी कार्यालय सञ्चालनमा आएको अवसरमा जनतालाई दशथरी कुरा गरेर नअल्मल्याउने पनि जानकारी दिए ।

    ‘कुनै पद प्राप्तिका लागि यो पार्टी गठन भएको होइन । देश र जनताप्रति समर्पित हुने हो । यही भावनाअनुसार अगाडि बढ्ने हो,’ अध्यक्ष नेपालले भने।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार