कलैया । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बारा जिल्ला कमिटीको आज घोषणा भएको छ ।
कलैयामा आज भएको जिल्ला भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१ सदस्यीय जिल्ला कमिटीको घोषणा भएको हो । प्रदेश २ का सांसद समेत रहेका बिश्वकर्मा यसअघि एमालेका जिल्ला अध्यक्ष समेत हुन ।
एकीकृत समाजवादी बारा जिल्ला कमिटीको उपाध्यक्षमा उसमान अंसरी र बिजेन्द्र चौधरी सचिवमा विक्रम ठाकुर र उपसचिवमा राजेन्द्र प्रसाद कलवार रहेका छन् ।

जिल्ला कमिटीको सदस्यमा बतहु यादव, ध्रुव यादव, कृष्ण खनाल, रमेश सुबेदी, सुभाष साह, बलिराम ठाकुर, गौरी ढकाल, शुभनारायण साह, राजेश पटेल, गणेश रिजाल, मनोज गुप्ता लगायतका रहेका छन् ।
जिल्ला भेलालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य एवं प्रमुख अतिथि नागेन्द्र चौधरीले समाजवादी आन्दोलनकालागि एकीकृत समाजवादी पार्टीमा आवद्ध हुन आह्वान गरेका छन् ।
एमाले अध्यक्ष केपी ओलीको दम्भ, घमण्ड एवं तानाशाही शैलीका कारण कम्युनिस्ट आन्दोलनले ठुलो नोक्सानी भएको बताउदै नेता चौधरीले कम्युनिस्ट आन्दोलनको संरक्षण तथा जोगाउनका लागि एकजुट भएर आगाडी बढन निर्देशन दिए ।
यसैगरी अर्का केन्द्रिय सदस्य एंव बिशिस्ट अतिथि दिनेश राईले ओलीको ब्याक्तीबादी चरित्रले पार्टीलाई एउटा कम्पनीको रूपमा एमाले अगाडि भढन खोजेपछि बिद्रोह गर्नु परेको बताए ।

झन्डै दुई तिहाईको ओली सरकारले जनताको पक्षमा काम नगरी मनोमानी रूपमा अगाडी बढ्दा कम्युनिस्ट पार्टीले नोक्सानी ब्यहोर्नु परेको बताए ।
भेलामा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य बिभा कार्की, प्रदेश सांसद सीता गुरुङ, प्रदेश २ कमिटीका सदस्य छ्ठु यादव, श्रीप्रसाद पासवान, बिक्रम राम, सुरेन्द्र यादव, छबिलाल उप्रेती, अनेम संघका केन्द्रिय सदस्य चमिना भट्टराई लगायतको सहभागिता रहेको थियोे ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend