Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा (एस)को केन्द्रीय कार्यालयको आज उद्घाटन हुने


    शुक्रबार, असोज १ २०७८
    3.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आज (शुक्रबार) बिहान १० बजे उद्घाटन हुँदैछ ।

    एकीकृत समाजवादीको कार्यलय काठमाडौं महानगरपालिका –३१, आलोकनगर भीएस निकेतन स्कुल नजिकै , वाग्मती करिडोरमा रहेको र पार्टीको केन्द्रीय कार्यालयको उद्घाटन अध्यक्ष माधवकुमार नेपालले गर्दै छन् ।

    सत्तारूढ पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले हिजो प्रस्तावित समाजवादी प्रेस सङ्गठन नेपालसँग आबद्ध पत्रकारसँगको भेटघाटमा जानकारी दिए । सोही अवसरमा पार्टी नेता तथा सांसद जीवनराम श्रेष्ठले सङ्घीय संसद् अवरोध हुँदा नेपाली नागरिकता, प्रहरी, तेजाबविरुद्ध, यौन हिंसाविरुद्ध, कोभिड सङ्कट, फौजदारी कसूर, औषधि, स्वास्थ्यकर्मीसँग सम्बतिन्धत अध्यादेश अलपत्र परेको बताएका छन् । उनले विधिको शासन कायम गर भन्ने नेकपा (एमाले) ले नै संसदीय नियमावलीविरुद्ध संसद् अवरोध गरेको भनी आपत्ति पनि जनाए ।

    यसैबीच वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा २०५ संस्थापक सदस्यीय समाजवादी प्रेस तदर्थ समिति अर्को हप्ता दर्ता गरिने तयारी भएको पत्रकार विश्वमणि सुवेदीले बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार