Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवा, प्रचण्ड र नेपालसँग बाबुरामले गरे छुट्टाछुट्टै भेटेवार्ता, दिए यस्तो सुझाव


    शुक्रबार, असोज १ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुसँग बिहीबार छुट्टाछुट्टै भेट गरी विभिन्न पाँच बुँदे सुझाव दिएका छन् ।

    पूर्वप्रधानमन्त्री भट्टराईले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी अध्यादेशको विषय चाँडो छिनोफानो गरेर सरकारलाई छिटो पूर्णता दिन आग्रह गरेका हुन् ।

    जसपा संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले राष्ट्रिय सहमति कायम गरी अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्नुपर्नेमा जोड दिएका थिए ।

    त्यस्तै, उनले प्रतिपक्षीसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउन शीर्ष नेताहरुलाई अनुरोध गरेका छन् ।  अध्यक्ष भट्टराईले गठबन्धनका सबै प्रमुख दल र दलका शीर्ष नेताहरुले राष्ट्रिय सहमति कायम गरी अहिलेको गठबन्धनलाई संसद्को पूर्ण कार्यकाल र चुनावसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने सुझाव दिएका थिए ।

    पूर्वप्रधानमन्त्री जनचासो र जनहितका सामाजिक मुद्दालाई प्राथमिकतामा राखेर गठबन्धनका राजनीतिक पार्टी र सरकारले समन्वय गरी समाधान खोज्नतिर लाग्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार