Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महासचिव ईश्वर पोखरेल भन्छन्: आजको एमाले जेठ २ को मात्रै होइन


    बिहिबार, भाद्र ३१ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अहिलेको नेकपा एमाले २०७५ जेठ २ गतेको मात्रै नभएको बताएका छन् ।

    आज (बिहीबार) काठमाडौं जिल्ला कमिटीको भेलामा बोल्दै उनले अहिलेको एमाले २०७५ जेठ २ गतेको मात्रै नभइ विकसित र एकता प्रक्रियासहितको एमाले भएकाे बताएका हुन् । 

    जेठ २ को बुझाइमा एक रुपता हुनुपर्ने बताउँदै उनले भने, ‘आजको एमाले जेठ २ गतेको एमाले मात्रै होइन । विकसित र एकता प्रक्रियासहितको एमाले हो भनेर बुझ्नु पर्छ । यान्त्रिक ढंगले २०७५ जेठ २ गते मात्रै भनियो भने साँचो अर्थमा विकसित भएको एमालेलाई बुझ्न सकिँदैन ।’ 

    यस्तै,उनले १० बुँदे सहमति रचनात्मक ढंगले कार्यान्वयन गर्ने बताए पनि बताएका छन् ।

    ‘१० बुँदे सहमति सुझावको रुपमा आयो । पार्टी केन्द्रले यही स्प्रिटका साथ स्वीकार गरिएको हो । त्यहाँ उल्लेखित सुझावलाई सिर्जनात्मक र रचनात्मक ढंगले लागु गर्ने हाम्रो प्रतिबद्धता हो र त्यो प्रतिबद्धताबाट पार्टी नेतृत्व पछि हट्दैन्’, उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार