Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवाको गृहजिल्ला डडेल्धुरामा फेरि वडा अधिवेशन गर्नुपर्ने पौडेल समूहको अडान


    बिहिबार, भाद्र ३१ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको वडा अधिवेशनका सन्दर्भमा निर्वाचन समितिलाई ध्यानाकर्षण गराउने भएको छ ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले २५ भदौमा डडेल्धुरामा भएको वडा अधिवेशन बहिष्कार गर्दै पुनः अधिवेशन अडान राखेको हो ।

    आज (बिहीबार) केन्द्रीय निर्वाचन समितिका पदाधिकारीलाई भेटेर समेत त्यसबारे ध्यानाकर्षण गराउन लागेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    दिउँसो २ बजे निर्वाचन समितिको कार्यालय रहेको पार्टी केन्द्रीय कार्यालयमा वरिष्ठ नेता पौडेलसहितका नेताहरु जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाललगायतका नेताहरु सानेपा जान लागेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार