Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच दुई घण्टा भेटवार्ता


    बिहिबार, भाद्र ३१ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

    बुधबार बेलुका ८ बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री समेत रहेका ओलीबीच भेटवार्ता भएको हो। 

    शीतल निवास स्रोतका अनुसार भेटमा एमालेको संकट, राजनीतिक अस्थीरता र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

    ‘उहाँहरुबीच करिब २ घन्टा भेटघाट भएको हो’, शीतलनिवास स्रोतले भन्यो।

    स्रोतका अनुसार करिब ८ बजे शीतलनिवास प्रवेश गरेका ओली राती १० बजे बाहिरिएका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार