काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले समयमा बजेट पारित नभएका कारण हालको गठबन्धन सरकार र व्यवस्थाको असफलता पुनः पुष्टि भएको बताएका छन्।
अध्यक्ष थापाले बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत् सत्ता गठबन्धनलाई ‘अपवित्र गठबन्धन’को नाम दिँदै समयमा बजेट पारित नभएकाले नेपालको इतिहासमा पहिलोपटक देश बजेटविहिन(गभर्मेन्ट सटडाउन)को अवस्थामा पुगेको बताएका छन् ।
यस्तै, उनले परिवर्तनको संवाहक भन्नेहरूले नै पटकपटक संघिय गणतन्त्रको चिरहरण गरेको बताए।
फेसबुकमा थापाले लेखेका छन्, ‘समयमा बजेट पारित नभएकाले नेपालको ईतिहासमा पहिलोपटक देश बजेटविहिन(गभर्मेन्ट सटडाउन)को अवस्थामा पुग्नुले वर्तमान ‘अपवित्र’गठबन्धन सरकार र व्यवस्थाको असफलतालाई पुनःपुष्टि गरेको छ। परिवर्तनको संवाहक भन्नेहरूले नै पटकपटक संघिय गणतन्त्रको चिरहरण गरेका छन्। पुनर्विचार गर्न ढिलो नगरौँ’
समयमा बजेट पारित नभएकाले नेपालको ईतिहासमा पहिलोपटक देश बजेटविहिन(गभर्मेन्ट सटडाउन)को अवस्थामा पुग्नुले वर्तमान ‘अपवित्र’गठबन्धन सरकार र व्यवस्थाको असफलतालाई पुनःपुष्टि गरेको छ।
परिवर्तनको संवाहक भन्नेहरूले नै पटकपटक संघिय गणतन्त्रको चिरहरण गरेका छन्।
पुनर्विचार गर्न ढिलो नगरौँ— Kamal Thapa (@KTnepal) September 16, 2021
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend