Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, तीन हजार प्रतिनिधिले भाग लिने


    बुधबार, भाद्र ३० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एमालेले आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने पहिलो विधान महाधिवेशनकाे लोगो जारी गरेको छ ।

    एमालेले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गर्दै विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो समेत लगाएकाे जानकारी गराएकाे छ ।

    स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको हो । 

    जसअन्तर्गत महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिहरु यसप्रकार छन्।

    १. केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य

    २. अनुशासन आयोगका पदाधिकारी र सदस्य

    ३. लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य

    ४. निर्वाचन आयोगका पदाधिकारी र सदस्य

    ५. केन्द्रीय विभागका सचिवसहित १५ सदस्य

    ६. सल्लाहकार परिषदका पदाधिकारी र सदस्य

    ७. जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य

    ८. प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य

    ९. विशेष कमिटीका पदाधिकारी र सदस्य

    १०. जिल्ला कमिटीका पदाधिकारी र सदस्य

    ११. निर्वाचन क्षेत्रबाट महिला, दलित खुला एक सदस्य

    १२. जनसंगठनका पदाधिकारीमध्येबाट १० जना

    १३. पार्टी सदस्य रहेका संघीय संसदका सदस्य

    १४. पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य

    १५. एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख

    १६. एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत रहनेछन् 

    1631691315-n58Y6.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार