Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कांग्रेसले टुंग्यायो थप ११ जिल्लाको क्रियाशील सदस्यता विवाद


    बुधबार, भाद्र ३० २०७८
    920
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसले थप ११ जिल्लामा क्रियाशील सदस्यता विवाद समाधान गरेको छ ।

    सदस्यता छानविन समितिले काठमाडौंसहित ११ जिल्लाको क्रियाशील सदस्यता विवाद मंगलबार नै टुंग्याएको हो ।

    निर्वाचन समितिका अनुसार विवाद टुंगिएका जिल्लाको क्रियाशील सदस्यताको नामावली आजै (बुधबार) साँझसम्म वेबसाइटमार्फत सार्वजनिक गरिने भएको छ ।

    कार्यदलले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कैलाली, बर्दिया, बाजुरा, मोरङ, महोत्तरी, पर्सा, सिराहा, कपिलवस्तु र काठमाडौंको विवाद टुंग्याएको निर्वाचन समितिका सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए । ‘काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कैलाली, बर्दियालगायतका थप ११ जिल्लाको विवाद टुंगिएको छ,’ उनले भने, ‘हिजो (मंगलबार) प्याकिङ गरेर राखिएको छ । हामीले बुझेका मात्र छैनौं ।’

    उनले बाँकी रहेका २० वटै जिल्लाको विवाद बुधबार नै टुंगिने सम्भावना रहेको पनि जानकारी दिए । ‘२० वटै जिल्लाको आज सकिन्छ भन्ने कुरा छ,’ अधिवक्ता श्रेष्ठले भने, ‘हिजै सक्ने तयारी थियो । केही बाँकी होला ।’ उनले बुधबार ३ बजे निर्वाचन समितिको बैठक बस्ने बैठकले विवाद टुंगिएका जिल्लाहरुमा निर्वाचन अधिकृतहरु तोकिने पनि जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार