Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुटवल जाँदै


    बुधबार, भाद्र ३० २०७८
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न मंगलबार गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बुधबार) बुटवल जाने भएका छन् ।

    बुधबार अध्यक्ष ओली रुपन्देहीस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न त्यसतर्फ जान लागेको एमाले रुपन्देहीले जनाएको छ ।

    भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    भेलामा जिल्लाका १६ वटै स्थानीय तहबाट नेता कार्यकर्ता सहभागी हुने  एमाले रुपन्देहीले बताएको छ । पार्टी बिभाजन भएपछि मंगलबार पहिलोपटक ओली झापा पुगेका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार