Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रावलको चेतावनी: पार्टीका लागि गरेको त्यागलाई कमजोरी ठानिए परिणाम अर्कै हुनेछ


    मंगलबार, भाद्र २९ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले पार्टी रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।

    धनगढीस्थित एमाले पार्टी कार्यालयमा (मंगलबार) कार्यकर्तासँग छलफल गर्दै रावलले व्यक्तिभन्दा पार्टी महत्वपूर्ण भएकाले त्यसलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।

    रावलले आफूले पार्टीका लागि गरेको त्यागलाई कमजोरी ठानी कसैले पाखा लगाउन खोजेकोमा त्यसको परिणाम राम्रो नहुने चेतावनी समेत दिए । ‘एमाले बचाउन लागि म मात्र होइन, सबै कार्यकर्ता त्याग गर्न तयार हुनु पर्दछ’, रावलले भने, ‘तर त्यागलाई कमजोरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ, त्यो ठूलो गल्ती हुनेछ ।’

    रावलले देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएको आरोप पनि लगाए । माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) मा गएका सुदूरपश्चिमका नेताहरुलाई इंगित गर्दै उनले आरोप लगाएका हुन् ।

    ‘म उपप्रधान तथा गृहमन्त्री भएर धनगढी पुगेपछि तपाईँको लागि ज्यान दिन्छु भन्ने अनुहारलाई अहिले सम्झिरहेको छु’, उनले भने, ‘यो धर्ती पल्टेला कमरेड तर तपाईको साथ छाड्दैनौं भन्थे । तर अहिले सबैभन्दा पहिले उनीहरु नै उफ्रिएको देखे ।’

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार