Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुख निष्पक्ष नबन्दा संसद् अवरुद्ध गर्नुपरेकाे ओली दावी


    मंगलबार, भाद्र २९ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको बताएका छन् ।

    नेकपा एमाले झापाले विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले एमालेविरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधिसभा अवरुद्ध गर्नु आफूहरुको बाध्यता भएको बताए । आफ्नो नेतृत्वमा गठन भएको सरकारका पालामा मुलुकले प्रगति गरेको, व्यापार घाटा घटाएको र निर्यात बढाएको उनको भनाइ थियो ।

    आगामी निर्वाचनबाट एमाले पुनः सत्तामा फर्किने अध्यक्ष ओलीले बताए । “हाम्रो विजय यात्रालाई कसैले रोक्न सक्दैन”, उनले भने । एमालेलाई विभाजनको खासै असर नपरेको स्पष्ट पार्दै उनले भने, “पिलो निचोरेर एमालेको वजन घट्दैन, पतकरले कोशीको भेल थुनिदैन ।” 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार