Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्चले भन्यो- सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई समाजवादी रोज्न दिनू


    मंगलबार, भाद्र २९ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वाेच्च अदालले नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई नेकपा एकीकृत समाजवादी रोज्न पाउने अन्तरिम आदेश दिएको छ । 

    मंगलबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदी को इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । 

    माधवकुमार नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादी दर्ताका लागि एमाले केन्द्रीय सदस्यहरुले सनाखत गर्नुपूर्व नै दुवैले निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर २ भदौमा दल दर्ताका लागि निवेदन दिँदा दुवैको नाम नभएका कारण आयोगले सनाखत गरेकाे थिएन ।

     

    Sarbochcha-Aadesh.jpgSarbochcha-Aadesh1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार