Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद बैठक असोज ४ गतेसम्म स्थगित, केही दिन सरकारको खर्च रोकिन सक्ने


    मंगलबार, भाद्र २९ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका सांसदहरुको नाराबाजी मंगलबार बसेको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । 

    सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक असोज ४ गते सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् । 

    यसैबीच, सरकारले नियमित प्रक्रियाबाट बजेट पारित गर्ने नीति लिएको छ । 

    मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री जनार्दन शर्माले नियमित प्रक्रियाबाटै बजेट पारित गरेर अघि बढ्ने बताएका छन् ।

    ‘कर उठाउने विशेष व्यवस्था छ । त्यस अनुसार कर उठाउन सकिन्छ, ५/७ दिन खर्च नहुन पनि सक्छ, रोक्नुपर्ने अवस्था आयो भने रोकिन पनि सक्छ’ उनले भने ।

    तर पेश्की खर्च नगर्ने मन्त्री शर्माले बताए । ‘पेश्की खर्च हुँदैन, अध्यादेश पनि आउँदैन, विधेयक पास भएपछि नियमित प्रक्रियाबाटै खर्च हुन्छ’ उनले भने ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार