Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैठकअघि सभामुखले एमालेसँग संवाद गर्ने, संवादमा नआए कार्यसूचीअनुसार चल्ने


    मंगलबार, भाद्र २९ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष दल अनुपस्थित भए पनि संवादको क्रम भने जारी राख्ने भएका छन् ।

    सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रतिपक्षी दल एमालेसँग संवाद गर्ने प्रयत्न गर्ने छन् ।

    ‘प्रतिपक्ष दल एमालेको समस्या हल गर्नका लागि हिजो सर्वदलीय बैठक सभामुखले आह्वान गरेका थिए । तर, उनीहरू उपस्थित भएनन्,’ न्यौपानेले भने, ‘अझै पनि सभामुख प्रतिपक्ष दलसँग संवादका लागि प्रयत्नरत हुनुहुन्छ, संसदलाई प्रभावकारी रुपमा चलाउनका लागि सबै दलसँग उहाँले संवाद गरिरहनुभएको छ ।’ 

    उनका अनुसार सभामुख सापकोटाले बैठकमा धारणा राख्न प्रतिपक्ष दल एमाले नआएकोमा असन्तुष्ट रहेको न्यौपानेको भनाइ छ । ‘जसका लागि बैठक बोलाइएको थियो, उहाँ (एमाले)हरू नै आउनु भएन, तर दलहरूको सुझावअनुसार सभामुखले एमालेसँग संवाद गर्न भने प्रयत्न गर्दै हुनुहुन्छ ।’ उनका अनुसार आज (मंगलबार) १ बजे संसद बैठकअघि पनि सभामुख सापकोटाले एमाले नेताहरूसँग कुराकानी गर्नुहुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार