Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • बाबुराम भट्टराई भन्छन्: एमसीसी सम्झौता राष्ट्रिय हितमा छ, छिटै अनुमोदन गर्नुपर्छ


    सोमबार, भाद्र २८ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता छिटो अनुमोदन गर्नुपर्ने बताएका छन् ।

    सोमबार गृहजिल्ला गोरखामा पत्रकारसँग कुरा गर्दै भट्टराईले एमसीसी सम्झौता अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुने बताउँदै छिटै राष्ट्रिय सहमति गर्न अाग्रह गरेका छन् ।

    ‘यसमा राजनीतिक दलहरुले छिटो भन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ । तर हाम्रो पार्टी जसपाले एक्लै निर्णय गर्न सक्दैन । त्यस अर्थमा राष्ट्रिय सहमतिबाटै टुंगो लागोस्’ उनले भने ।

    अहिले एमसीसीको विषय गिजोलिएर जनस्तरसम्म कित्ताबन्दी भएको भन्दै भट्टराईले यसलाई बेलैमा टुंगो लगाउनुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार