काठमाडाैं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन संवैधानिक परिषद्मा गरिएको नियुक्ति बदर गर्न माग गरिएकोे मुद्दामा न्यायिक काम कारबाही तत्काल पुनः सञ्चालन गर्न पूरक निवेदन परेको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक नियुक्ति खारेज गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमाथि अवरुद्ध सुनुवाइ तत्काल पुनः सञ्चालन गर्न माग गर्दै आज पूरक निवेदन दर्ता गरेका हुन् ।
“संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध हुने काम कारबाही निश्कृय पार्न, रोकथाम गर्न, पुनरावृत्ति हुन नदिने र बिना अवरोध सुनुवाइ हुन नदिन न्यायिक टिप्पणीसहित उत्प्रेषण, परमादेशलगायत अन्य उपयुक्त आदेश जारी गरी पाउँ”, पुरक निवेदनमा भनिएको छ ।
पूरक निवेदनमा सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १९(४) बमोजिम मूल मुद्दाको सुनुवाइ तत्काल पुनः सञ्चालन गर्नु भनि प्रारम्भिक सुनुवाइबाटै अन्तरिम आदेश जारी गरी अविलम्ब न्याय निरूपणमा लागि निरन्तर सुनुवाइमा राख्न माग गरिएको छ ।
यसअघि, न्यायाधीश हरि फुँयालको एकल इजलासले प्रधानन्यायाधीश संवैधानिक इजलासमा रहने वा नरहने भन्ने विवादको अन्तिम टुङ्गो नलागेसम्म सुनुवाइ रोक्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि, संवैधानिक परिषद्मा नियुक्तिसम्बन्धी विवादको सुनुवाइ तत्काका लागि रोकिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend