Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विप्लव भन्छन्: एमसीसी जर्बजस्त थोपर्न खोजियो भने देशमा राँको बल्छ


    सोमबार, भाद्र २८ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ अमेरिकाले नेपालमा जबर्जस्ती एमसीसी थोपर्न खोजेको भन्दै नेपालको राष्ट्रिय स्वतन्त्रतामा आँच आउने सो सम्झौता कुनै हालतमा स्वीकार्न नसक्ने बताएका छन् ।

    सोमबार काठमाडौँको खुल्लामन्चमा एमसीसीविरुद्ध विरोधसभामा महासचिव विप्लवले यदि कमिसनको लोभमा एमसीसी जर्बजस्त थोपर्न खोजियो भने देशमा ठूलाे संकट आउने चेतावनी समेत दिएका छन् ।

    ‘अहिले एमसीसीविरुद्धको यो आन्दोलन झिल्को मात्रै हो, एमसीसी जर्बजस्त दलालहरूको कमिसनको लोभमा थोपर्न खोजियो भने राँको बन्छ राँको’, विप्लवले भने ।

    विप्लवले देशको माया हुने सवै नेपाली जनतालाई एकजुट हुन आव्हान गर्दै मेचीदेखि कालीसम्मका सवै जनता एक ढिक्का भएर एमसीसीविरुद्ध लड्नु पर्ने बताएका छन् ।

    देश विकासका लागि पैसा मात्रै प्रयाप्त नहुने भन्दै नले भने, ‘पैसाले देश विकास हुन्छ भन्नु मुर्खता हो,आफ्नो देशलाई बनाउनका लागि आफै लागि पर्नुपर्छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार