Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बानेश्वरमा सर्वदलीय बैठक सुरू: एमालेद्वारा बहिष्कार


    सोमबार, भाद्र २८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सभामुख अग्नि सापकोटाले आह्वान गरेकाे सर्वदलीय बैठक सुरू भएको छ । बैठक संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा सुरु भएको हाे ।

    प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीबाट माधव नेपाल, जसपाबाट उपेन्द्र यादव, लाेसपाबाट महन्त ठाकुर, नेमकिपाबाट प्रेम सुवाल, जनमोर्चाबाट दुर्गा पौडेल, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन् । 

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठक बहिष्कार गरेको छ ।

    एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा आफूहरू सहभागी नहुने जानकारी दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार