Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसीको विरोध गर्दै विप्लव समूहद्वारा प्रदर्शन


    सोमबार, भाद्र २८ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोध गर्दै विप्लव समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।

    सोमबार माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् ।

    सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग गरेकाे सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विप्लव समूहले प्रदर्शन गरेको हाे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार