Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुख सापकाेटालाई एमालेकाे दुई सर्त- कि सूचना टाँस्नुस्, नत्र राजीनामा दिनुस्


    सोमबार, भाद्र २८ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन प्रमुख विपक्षी दल नेकपा एमालेले सर्त राखेको छ ।

     एमालेकाे सर्त अनुसार उनीहरूलाई बैठकमा सहभागि गराउन सभामुखले १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस्नु पर्ने हुन्छ ।

    एमालेले भनेको छ, ‘तपाईको गैरकानूनी कार्य र पदमुक्तको सुचना नटाँसेका कारण आयोगबाट नेकपा एसले मान्यता पाएको हो । त्यसैले कि तपाई सूचना टाँस्नुस् कि राजिनामा दिनुस्  ।’

    यस्तै, अध्यक्ष केपी शर्मा अ‍ोलीसँग छलफलपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई टेलिफोनमार्फत आफूहरुले अवैध भनेको दल नेकपा एसको सहभागितामा हुने बैठकमा भाग नलिने जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार