Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा समाजवादीको गण्डकी प्रदेश अध्यक्षमा तुलबहादुर गुरुङ, १३५ सदस्यीय कमिटी गठन 


    सोमबार, भाद्र २८ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले गण्डकी प्रदेश कमिटी निर्माण गरेको छ । प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार बसेको बैठकले तुलबहादुर गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ ।

    प्रदेशको सचिवमा प्रतापलाल श्रेष्ठ र उपसचिव श्रीनाथ बराल छन् । गण्डकी प्रदेश साबिक धौलागिरी अञ्चल र गण्डकी अंचल मिलेर बनेको हुादा २ उपाध्यक्ष र १ उपसचिव पद हाललाई खाली राखिएको छ ।

    साथै बैठकले १० बुँदे ठोस कार्यक्रमका साथ युद्धस्तरमा कमिटीहरु निर्माण गर्ने र पार्टी जीवनलाई ब्यवस्थित बनाउने निर्णय पनि गरेको छ ।
    तुलबहादुर गुरुङ अनेरास्ववियुका दुई कार्यकाल केन्द्रीय अध्यक्ष भइसकेका नेतालाई नेकपा समाजवादीले गण्डकी प्रदेश इन्चार्ज बनाएको छ । गुरुङ इमानदार र निष्ठावान नेता हुन् । उनी पूर्व मन्त्री पनि हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार