Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवापत्नी डा. आरजु डडेलधुराबाट भइन् पार्टीको क्षेत्रीय प्रतिनिधि


    सोमबार, भाद्र २८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • डडेल्धुरा । डडेल्धुरामा विवादबीच नेपाली कांग्रेसको वडा अधिवेशन भएसँगै  गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट कांग्रेस नेता आरजु राणा देउवा क्षेत्रीय प्रतिनिधि बनेकी छन् ।

    यो वडामा क्रियाशील सदस्यको सूचीमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र आरजुका एक मात्र सन्तान जयवीरसिंहको पनि नाम छ ।

    तर जयवीरसिंह तत्काल पार्टी राजनीतिमा क्रियाशील नहुने भएका छन् । भदौ २५ मा भएको वडा अधिवेशनमा जयवीरसिंहले क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी नै दिएनन् । सभापति देउवाको क्रियाशील सदस्यता भने केन्द्रबाटै रहेको छ ।

    वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन गरिएको यस वडाबाट आरजुसहित १८ जनालाई क्षेत्रीय प्रतिनिधि पठाइएको छ।

    यहाँ जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले वडा अधिवेशनमा भाग भाग लिएको थिएन ।  जिल्लाबाट पठाएको क्रियाशीलको नाम हटाएर केन्द्रीय सभापति देउवाले  केन्द्रबाट नाम थप गरेकोमा मल्ललगायतले बिरोध गर्दैआएका छन् । पार्टीका शीर्षनेताहरुले नै डडेलधुराको क्रियाशील विवादमा मुख खोलिसकेका छन् । 

    १३ औं महाधिवेशनमा कर्ण मल्ललाई सभापतिमा हराउन डा. आरज्ले भीम साउदलाई उम्मेदवार बनाइन् । तर मल्लले
     आरजुका उम्मेदवार साउदलाई हराई जिल्ला सभापतिमा बिजयी भएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार