Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीले रावल, भुसाल र भट्टराईलाई भाउ नदिएपछि खगेन्द्र संग्रौलाको कटाक्ष : घर न घाटको भए !


    सोमबार, भाद्र २८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ ।  वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले  भीम रावल, योगेश भट्टराई, धनश्याम भुसाललगायतका एमाले नेताहरु अहिले घर न घाटका भएको भन्दै कटाक्ष प्रकट गरेका छन्। 

    नागरिक आन्दोलनका अगुवासमेत रहेका संग्रौलाले सामाजिक सञ्जालमार्फत् कटाक्ष प्रकट गर्दै भनेका छन्, ‘आत्मसमर्पणको शैलीमा केपी ओलीलाई साथ दिएकाहरुलाई अहिले ओलीले भाउ नदिँदा घर न घाटको भएको बताएका हुन्। 

    ट्वीटरमा उनले लेखेका छन्, ‘आफैँ इँइँ-मिमी गर्दै, हात मल्दै पाउमा लत्रिने भक्तलाई प्रभुले किन भाउ दिन्थ्याे ? हेर्नाेस्त प्रभुद्वारा उपेक्षित रावल, याेगेश, घनश्यामादिकाे बिजाेक ! न मुन्टाे लुकाउने घर छ न घाट जाने बेला भाछ । आफूलाई कठै भन्दिने आफूबाहेक काेही छैन।’

    एमालेमा आन्तरिक विवाद चल्दा सुरुमा रावल, भट्टराई , भुसाललगायतका १० जना नेताले माधवकुमार नेपाललाई साथ दिएका थिए । एमाले अध्यक्षसमेत रहेका ओलीलाई सत्ताच्युत गर्न निर्णायक भूमिका खेलेका उनीहरुले एमाले विभाजनको बेला भने नेपालको साथ छाडेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार