Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभाको दोस्रो बैठकपनि अवरुद्ध, एमाले सांसदद्वारा नाराबाजी


    आइतबार, भाद्र २७ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । एमाले सांसदहरुले सभामुख विरुद्ध नाराबाजी गर्दै प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध गरेका छन् ।

    आजै बसेको प्रतिनिधिसभाको पहिलो बैठक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेर अवरोध हटाउन छलफल समेत गरेका थिए तर यसकाे बाबजुद एमाले सांसदहरूले दोस्रो बैठक पनिअवरुद्ध गरेका छन् ।

    सभामुख र एमाले सांसदहरुबीच सहमति नजुटेपछि उनीहरूले पून: बैठक अवरुद्ध गरेका हुन् । एमाले सांसदहरुले संयमित भएर संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर जस्ता नारा लगाइरहेका छन् ।

    पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सदन अवरुद्ध पार्दै आएको छ । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार